23rd July | 2018 | Monday | 11:15:02 PM

यौन सम्पर्क गर्न नमान्दा हत्या

  POSTED ON : Monday, 16 April, 2018 (7:19:50 PM)

यौन सम्पर्क गर्न नमान्दा हत्या

काठमाडौं (हिटा) । काठमाडौं टोखा नगरपालिका–९, मिलन टोलस्थित भूमेश्वरी गेस्ट हाउसमा हत्या गरिएकी २२ वर्षीय युवती यौनकर्मी भएको तथ्य प्रहरीले खुलासा गरेको छ । गत २२ चैतमा राति गेस्ट हाउसको २ सय ३ नम्बरको कोठामा उनको हत्या भएको थियो । 

कोठामा गेस्ट हाउस सञ्चालक बिल लिएर जाँदा उनी मृत अवस्थामा भेटिएपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । हत्यामा संलग्न सल्यान शारदा नगरपालिका–१ का २२ वर्षीय गोपाल शर्माले प्रहरीलाई यौन सम्पर्क गर्न नमान्दा हत्या गरेको बयान दिएका छन् । प्रहरीसँग बयान दिने क्रममा उनले युवतीले सहमतिअनुसार सम्पर्क गर्न नदिई गालीगलौज गरेपछि आवेगमा आएर हत्या गरेको बताएका छन् । 

हत्यामा संलग्न शर्मालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले कन्चनपुरको भारतीय सीमावर्ती क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरी काठमाडौं ल्याएको प्रहरीले जानकारी दिएको छ । आरोपीले प्रहरीलाई दिएको बयानमा घटना अघिसम्म युवती अपरिचित थिइन् ।  बसपार्कमै भेट भएर सहमतिमा २ हजार रुपैयाँमा युवती युवकसँग गेस्ट हाउस गएकोमा नसाको सुरमा यौन सम्पर्क गर्न नमानेपछि हत्या गरेको युवकले बताएका छन् ।