24th April | 2018 | Tuesday | 4:22:34 AM

अब बसको टिकट अनलाइनबाटै

  POSTED ON : Monday, 16 April, 2018 (9:24:04 PM)

अब बसको टिकट अनलाइनबाटै

हिमालय टाइम्स  । नयाँ वर्षको सुरुवात संगै अनलाईनबाट बस टिकट बुकिङको सुरुवात भएको छ । 

प्रविधिको विकाससँगै बसको टिकट बुकिङमा पनि सहजता गराउने उद्धेश्यले सेभेन टेक् नामक संस्थाले यसको सुरुवात गरेको हो । यस संस्थाले ‘बस ओ बस’ टिकट बुकिङ वेवसाइट प्रयोगमा ल्याएको छ । 

अनलाइन बुकिङ अन्तर्गत पोखरा–काठमाडौं रुटलाई सुरुवाती प्राथमिकतामा राखेको संस्थाले बताएको छ । 

वेबसाइट निर्माण भएपनि टिकट बुकिङ भने आउँदो वैशाख १५ गतेदेखि सुरु गरिने बताइएको छ । टिकट बुकिङ तथा खरिदका लागि बैंक खाताबाट गर्न सकिने छ ।