18th October | 2018 | Thursday | 12:21:44 PM

कसरी हुर्कंदैछन् बच्चा ? पछुताउनुपर्ला !

रमा लुइँटेल   POSTED ON : Tuesday, 17 April, 2018 (1:47:53 PM)

काठमाडौं । आफ्ना छोराछोरीलाई कसरी हुर्काउँदै हुनुहुन्छ ? कतै उनीहरूको नकारात्मक पक्ष मात्रै औंल्याइराख्नु भएको त छैन ? आफन्त, साथी र शिक्षकका अगाडि उसका कमजोरी एकपछि अर्को गर्दै व्याख्या गर्दै त हुनुहुन्न ? यदि छोराछोरीको कमजोरीमा यस्तै हँसिमजाक उडाइराख्नुभएको छ भने तपाईं एकदिन पछुताउनु पर्ने बालमनोविद्हरू बताउँछन् ।

प्रत्येक मान्छेमा राम्रा र नराम्रा दुवै गुण हुने बताउँदै नराम्रा गुणलाई मात्रै दोहो¥याइराख्दा त्यसको प्रभाव धेरै पर्ने उनीहरू स्पष्ट पार्छन् । बालमनोविद् इन्द्र कार्की भन्छन्, ‘जहिले पनि आफ्ना छोराछोरीको सकारात्मक गुणको व्याख्या गर्नुहोस् ।’ ‘मेरी छोरी मिहिनेती छिन्, मेरो छोरो ज्ञानी छ’ जस्ता सकारात्मक पक्ष उनीहरूलाई सुनाउनुपर्ने उनी बताउँछन् । सकारात्मक हुने भन्दैमा गल्ती गर्दा पनि ठीक भो भन्नुपर्छ भन्ने होइन । गल्तीका कारण र त्यसलाई नदोहो¥याउने प्रतिबद्धता छोराछोरीलाई गर्न लगाउनु असल अभिभावकत्व हो । आठ वर्षको उमेरसम्म बालबालिकाको मस्तिष्क विकास द्रुतगतिमा हुने भएकाले यो उमेरका आमाबाबु बढी सचेत र गम्भीर हुनुपर्ने उनी बताउँछन् । यी उमेरका छोराछोरीसँग सक्दो खेल्ने, उनीहरूका कुरालाई ध्यानपूर्वक सुन्ने, नयाँ विषयकाबारे छलफल गर्ने गर्नुपर्छ ।  घरायसी निर्णयमा उनीलाई सहभागी गराउँदा, छलफलमा सहभागी गराउँदा बालबालिकामा तार्किक क्षमता बढ्ने शिक्षक धनञ्जय शर्मा अधिकारी बताउँछन् । उनी भन्छन्, ‘बाबुआमाले आफूलाई महŒव र स्थान दिएको बुझ्छन्, निर्णयमा अपनत्व अनुभूति गर्छन् ।’

बालमनोविद्का अनुसार बालककालमा ठीक अभिभावकत्व नपाएका मानिसको यौवन अवस्था, प्रौढ र वृद्धावस्था समेत राम्रो नभएको उनीहरू बताउँछन् । बालमनोविद् इन्द्र कार्कीका अनुसार डिप्रेसनमा गएका एक युवाको बाल्यावस्थाको विश्लेषण गर्दा ती युवाको बाल्यावस्था जोखिमपूर्ण तरिकाबाट गुज्रिएको थियो । किशोरकिशोरी उमेरमा प्रवेश गर्नुअघि बालबालिका अभिभावकसँग धेरै समय बिताउन चाहने उनी बताउँछन् । उनी भन्छन्, ‘धेरैजसो अभिभावक व्यस्तताका कारण छोराछोरीका कुरालाई भन्दा कामलाई महŒव दिन्छन्, कुरा सुन्दैनन् ।’ किशोरावस्थामा पुगेका आफ्ना छोराछोरीको बारेमा जान्ने चासो अधिकांश अभिभावकमा धेरै हुन्छ । 

तर, उक्त उमेरका छोराछोरी आप्mना कुरा अभिभावकलाई खुलस्त सुनाउँदैनन्, लुकाउँछन् । अभिभावकले आफ्नो सन्तानलाई योग्य र असल मान्छे बनाउने हो भने  गर्भावस्थादेखि नै असल अभिभावकत्व निर्वाह गर्नुपर्ने उनको धारणा छ । उनी भन्छन्, ‘प्यारेन्टिङ ठीक भयो भने तपाईंको सन्तान तपाईंले चाहेजस्तै हुन्छ, हामी हाम्रो बच्चा डिजाइन गरेर बनाउन सक्छौं । ’ 


Views: 3