13th December | 2018 | Thursday | 11:48:05 AM

रेसुंगा बिमानस्थल : वैशाख अन्तिमसाता परीक्षण उडान

चन्द्रकान्त खनाल   POSTED ON : Tuesday, 17 April, 2018 (5:52:20 PM)

रेसुंगा बिमानस्थल : वैशाख अन्तिमसाता परीक्षण उडान

रुपन्देही । प्रदेश नम्वर ५ को पहाडी जिल्ला गुल्मीको रेसुंगा विमानस्थल निमार्ण कार्य सुरु भएको १२ बर्षमा यहि वैशाख  अन्तिम साताबाट  परीक्षण उडानको हुने भएको छ ।

एक दशक लामो समयपछि जिल्लामा पहिलो पटक परीक्षण उडान शुरु हुन लागेको हो । विमानस्थल संचालन भएसँगै गुल्मी सहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पा र स्याङजाका सर्वसाधरण प्रत्यक्ष लाभांवित हुनेछन् । 

विमानस्थल निर्माण कार्यको जिम्मा सुनिल समीर निर्माण सेवाले लिएको छ । विमानस्थलको ७८ रोपनी १० आना क्षेत्रफल जग्गा मध्ये ५६ रोपनी सार्वजनिक जग्गा रहेको छ । त्यस क्षेत्रमा रहेका ४६ घरधुरीलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ ।

तम्घास देउरालीबाट विमानस्थल सम्म पुग्ने कच्चि बाटो पनि साघुरो र कच्चि भएकाले तत्काल यसको पनि सुधार गर्नुपर्ने त्यत्तिकै खाँचो छ । यो विमानस्थल रहेको ठाँउमा दिउसो १२ बजेपछि निकै हावा लाग्ने भएका कारण त्यो भन्दा अगाडि नै विमानको उडान भर्नुपर्ने प्राविधिकहरुको भनाई छ ।

परिक्षण उडानका लागि विमानस्थलको ५ सय ७० मिटर धावन मार्गको फिल्ड तयार भई सकेको छ । तयार भएको फिल्डमा अब रनवे मार्किङ्गको काम सम्पन्न भएको र परीक्षण उडान तयारी भैरहेको रेसुंगा विमानस्थल आयोजनाका सव ईन्जीनियर दिनेश परियारले वताए ।

विमानस्थल निर्माण कार्य शुरु भएको लामो समयसम्म पनि काम सम्पन्न नहुँदा जहाज चढ्ने सपना बोकेर निराश बनेर बसेका जिल्लाबासीहरु यतिवेला थप उत्साह थपिएको  बिमानस्थल निमार्ण समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए  ।

नेपाल सरकाले एक मुष्ट रुपमा रकम उपलव्ध नगराएका कारण  ढिला भएको  समितिले जनाएको छ । थोरै थोरै रकमले काम गर्नु पर्ने वाध्यताका कारण विमानस्थल निर्माण कार्यमा ढिलाई हुन गएको विमानस्थल निर्माण कार्यको जिम्मेवारी पाएका निर्माण व्यवसायी नारायण प्रसाद पोख्रेलले वताए

एक दशकदेखि निर्माणधिन विमानस्थलको कामले अपेक्षाकृत गति लिन नसक्दा उक्त विमानस्थलमा जहाज उड्ने कुरा गुल्मीवासीका लागि सपनाको फल जस्तै बनेको थियो ।निर्माणको जिम्मा पाएको कम्पनीले गत असोजसम्म धुले उडान गर्नेगरी काम अघि बढाए पनि त्यस क्षेत्रमा सरकारले मुआव्जा उपलव्ध गराएका कतिपय घरहरु समयमै नहटेका कारण काममा ढीलाई हुन पुगेको  अध्यक्ष पन्तले बताए ।

विमानस्थल संचालन हुने खबरलगत्तै जिल्लाका उद्योगी, व्यवसायी एवं सर्वसाधरण नागरिकहरु हर्षित भएका छन् । नियमित विमानस्थल संचालन भएमा जिल्लाको समग्र आर्थिक विकासले समेत फड्को मार्ने  उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गा प्रसाद पन्थीले बताए ।

विमानस्थल संचालन भएपछि जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै जिल्लामा उत्पादन हुने विभिन्न सामग्रीहरुको बजारीकरणमा समेत मद्दत पु¥याउने जिल्लाका उद्योगी व्यवसायीहरुले आशा गरेका छन । समितिका अध्यक्ष पन्तका अनुसार अहिले मुआब्जा बापत १ करोड बितरण  र अन्य निमार्ण कार्यको गरि बिमानस्थल निमार्णमा अहिले सम्म १२ करोड  भन्दा बढी खर्चभएको  पन्तले बताए । उनले बिमानस्थल निमार्ण सम्पन्न गर्नेको लागी २५ करोड भन्दा बढी खर्चलाग्ने उनले बताए ।


Views: 17