22nd July | 2018 | Sunday | 9:05:16 AM

गाडी दुर्घटनामा चौरजहारी नपाका प्रमुख सहित ७ जना घाइते

  POSTED ON : Tuesday, 17 April, 2018 (7:30:52 PM)

गाडी दुर्घटनामा चौरजहारी नपाका प्रमुख सहित ७ जना घाइते

हिमालय टाइम्स ।  रुकुम(पश्चिम) चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मासहित सात जना घाइते भएका छन् । विजयश्वरीबाट वडा नम्बर ५ मा रहेको आधारभुत विद्यालय लहरेसिमलमा  विद्यार्थीलाई निशुल्क पोषाक वितरण गर्न जादै गर्दा  भएको दुर्घटनामा नगर प्रमुख शर्मासहित सात जना घाइते भएका हुन् ।

 भे १ झ २४३ नम्बरको नगरपालिकाको गाडी मंगलबार बिहान ९ः४५ बजेतिर मेलैनाउँलीमा दुर्घटनामा परेको हो । 

नगर प्रमुख शर्माको बाँया हात भाँचिएको र टाउँकोमा चोट लागेको प्रहरीले जनाएको छ । खतरा मुक्त रहेको र अन्य घाइतेको अवस्था पनि सामान्य रहेको बताइएको छ । नगर प्रमुख शर्मालाई थप उपचारको नेपालगन्ज लगिएको छ भने अन्य घाइतेहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब १ सय मिटर तल खसेको थियो । नगर प्रमुख शर्मासहितको टोली विद्यार्थीलाई पोषाक वितरण गरी मंगलबार नगरपालिकाको वडा नम्बर ११ खोलागाउँ पुग्ने कार्यक्रम रहेको थियो ।