24th April | 2018 | Tuesday | 5:15:27 PM

आगलागीमा परी तीन वर्षिय बालककोे मृत्यू

चिसाङ शेर्पा   POSTED ON : Tuesday, 17 April, 2018 (8:17:06 PM)

आगलागीमा परी तीन वर्षिय बालककोे मृत्यू

खोटाङ ।खोटाङमा आगलागीमा एक वालकको ज्यान गएको छ । सोमबार विहान घरमा लागेको आगोमा परेर दिप्रुङ–चुईचुम्मा गाउँपालिका वडा नं–४ बतासेका शेरबहादुर राईको तीन वर्षिय छोरा हिटलर राईको ज्यान गएको हो । आगोमा परेर गम्भिर घाईते भएका राईलाई उपचारको लागि धरानतर्फ लैजादै गर्दा उदयपुरको पोखरी भन्ने ठाउँमा उनको मृत्यु भएको दिप्रुङ–चुईचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले जानकारी दिए । 


घरमा कोही नभएको वेला मृतक वालकले लाईटर चलाउँनेक्रममा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक चन्द्रभूषण यादवलले जानकारी दिए । आगलागीमा मतान, काठपात र केही भाडाकुडा जल्दा २ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।