23rd May | 2018 | Wednesday | 4:13:49 AM

मकालु एयरको विमान दुर्घटना – चालक दलका दुवै सदस्यको मृत्यु

हिमालय टाइम्स   POSTED ON : Wednesday, 16 May, 2018 (1:40:12 PM)

मकालु एयरको विमान दुर्घटना – चालक दलका दुवै सदस्यको मृत्यु

काठमाडौं । सुर्खेतबाट सिमिकोटका कार्गो लिएर उडेको जहाज हुम्लाको खार्पुनाथ बाउन खर्कमा दुर्घटना अवस्थामा फेला परेको छ । विहाज देखि बेपत्ता मकालु एयरको विमान दुर्घटना भएको पुष्टि भएको छ ।

बुधबार बिहानदेखि सम्पर्क्बिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाउन खर्कमा फेला परेको छ ।

 हिमालय टाइम्स दैनिकका स्थानीय पत्रकार राज शाहीका अनुसार विमान ३ टुक्रा भएर दुर्घटना ग्रस्त रुपमा भेटिएको छ ।

 विमानमा चालक दलका २ सदस्यको शव फेला परेको छ । उनीहरुको शव पोष्टमार्टमका लागि सिमिकोट अस्पताल लगिएको  पत्रकार शाहीले बताए । 

आज बिहान ६ः४५ बजे कार्गो सामान लिएर उडेको मकालु एयरको विमान विहाज देखि सम्पर्कविहिन थियो ।