18th October | 2018 | Thursday | 7:03:16 AM

टहरा धमाधम भत्काइँदै

विनु लुइँटेल   POSTED ON : Wednesday, 16 May, 2018 (1:49:23 PM)

टहरा धमाधम भत्काइँदै

काठमाडौं । राजधानीका पैदलमार्गमा राखिएका विभिन्न ठाउँका टहरा र पसल भत्काउने काम सुरु भएको छ । काठमाडौं महानगरपालिकाले एकहप्ता अगाडिदेखि महानगरले यो कामको सुरुवात गरेको हो । 

कुनै पनि सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरीमा व्यक्तिगत प्रयोगका टहराहरू भत्काइएको महानगरले जानकारी दिएको छ । जुनसुकै पसल र टहराले मापदण्डविपरीत टहरा निर्माण गरेको साथै दर्ता नभएको अवस्थामा महानगरले त्यसलाई भत्काउने महानगरका नगरप्रहरी प्रमुख विष्णुप्रसाद जोशीको भनाइ छ । 

सार्वजनिक सम्पतीमा सबै नागरिकको उत्तिकै पहँुच हुने भएकाले कसैले पनि अतिक्रमण गर्न नपाउने भन्दै यस कामको सुरुवात भएको महानगरले जानकारी दिएको छ । कोटेश्वर, चावहिल, बानेश्वर, गौशालालगायतका क्षेत्रमा टहरा हटाउने काम भइरहेको जोशी बताउँछन् । जोशीले भने, ‘यसरी अतिक्रमण गरेर बनाएका टहराको कुनै पनि दर्ता प्रक्रिया नभएकाले कति छन् भन्ने यकिन तथ्यांक पाउन मुस्किल रहेको छ ।’ हाल विभिन्न क्षेत्रका मापदण्डविपरीत बनाइएका ७० भन्दा बढी टहरा महानगरपालिकाले हटाइसकेको छ । 

तिलगंगा क्षेत्रमा मात्र महानगरले ४० भन्दा बढी यस्ता टहरा हटाएको छ । शहरी सौन्दर्यलाई कायम राख्न र सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन नदिन यो काम महŒवपूर्ण हुने महानगरपालिकाको विश्वास छ । यसरी जथाभावी बनाएका टहरामा मुख्य गरेर चिया पसल तथा कबाडी संकलन क्षेत्र, सवारी मर्मत केन्द्र, पानीपुरी चटपटे बिक्री स्थान छन् । यस्ता पसलहरूले बाटोमा राखेका सामग्री महानगरले हटाउँदै लाने जनाएको छ ।

यो कामलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन सर्वसाधारणको मुख्य सहयोग चाहिने महानगको भनाइ छ । दर्ता नहुने हँुदा यस्ता नियमविपरीतका टहरा सबैमा महानगरको नजर नपुग्नसक्ने हँुदा सर्वसाधारणको सहयोग महŒवपूर्ण हुने प्रहरी निरीक्षक जोशी बताउँछन् । यसरी अतिक्रमित सडक तथा जग्गालाई हरियाली बनाउने उद्देश्यले महानगरले काम गरिरहेको जानकारी दिइएको छ । 

यो सँगै शहरको आवागमन सुधार हुने साथै सौन्दर्यसमेत बढ्ने भएकाले यो कामलाई सधै निरन्तरता दिने काममा सहयोग गर्न सबैलाई महानगरले आग्रह गरेको छ । विभिन्न स्थानमा घर पसल निर्माण गर्न ल्याएका समग्रीहरू पनि बाटोमा राखेर फुटपाथ अतिक्रमण गर्नेलाई पनि अब कारबाही गर्ने तयारी महानगरले अगाडि बढाउने जानकारी दिएको छ ।


Views: 3