19th October | 2018 | Friday | 9:54:21 AM

रक्तदान कार्यक्रम सम्पन्न

हिमालय टाइम्स   POSTED ON : Wednesday, 16 May, 2018 (7:55:59 PM)

रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शैक्षिक परामर्शदात संस्था प्रोफेशनल भिसा एण्ड एजुकेशन सर्भिसेस (प्रोभिसा)ले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  बिगत १० वर्षदेखि वैदेशिक शिक्षाको क्षेत्रमा काम गर्दै आएको प्रोभिसाले आफ्नो १० औं वार्षिक उत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । 

बैदेशिक शिक्षामा आफ्नो पहिचान बनाएको यो संस्थाले समाज सेवालाई पनि प्राथमिकतामा राखि काम गदै आएको छ । समाज सेवालाई निरन्तरता दिदै आएको यसपटक संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

संसारमा हरेक वर्ष धेरै मान्छेको रगत अभावका कारण अकालमै मृत्यु हुने गरेको भन्दै संस्थाले रगतदान कार्यक्रमको आयोजन गरेको जनाएको छ । नेपालमा पनि धेरै थोरै व्यक्तिले रगत अभावमा ज्यान गुमाउने गरेका छन् । यो अवस्थालाई मध्यनजर गर्दै बुधकार काठमाडौंको भृकुटिमण्डप, खुला रक्तदान कार्यक्रमको सम्पन्न गरिएको संस्थाले जानकारी दिएको छ । १० वर्षदेखि सञ्चालनमा रहेको यस संस्थाले नेपालको काठमाण्डौं र अष्ट्रेलियाको सिड्नीबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।





Views: 9