20th September | 2018 | Thursday | 10:34:18 PM

खुट्टाले कक्षा ११ को परीक्षा दिँदैछिन् सम्झना

चिसाङ शेर्पा   POSTED ON : Wednesday, 16 May, 2018 (9:18:16 PM)

खुट्टाले कक्षा ११ को परीक्षा दिँदैछिन् सम्झना

खोटाङ । खोटाङमा दुबै हात नभएकी एक छात्राले माध्यमिक तह कक्षा ११ को परीक्षा दिईरहेकी छन् । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी सम्झना राई कक्षा १ देखि नै खुट्टाले लेखेर कक्षा ११ सम्मको परीक्षा दिईरहेकी हुन् । जन्मजात दुवै हात नभएपछि उनले अध्ययनसँग सँगै हरेक परीक्षा तथा गृहकार्यहरु खुट्टाले लेख्दै आएकी छन् । 

भगवती दिनानाथ मावि खोटाङबजारमा अध्यनरत छात्रा सम्झना अहिले जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी मावि परीक्षा केन्द्रमा परीक्षा दिईरहेकी छिन् ।

सम्झनाको आर्थिक स्थिति कमजोर भएपनि पढाईमा अव्वल रहेको चिसापानी माविका प्रधानाध्यापक रामबहादुर राउतले जानकारी दिए । ‘दुवै हात नभएपनि सम्झनाले खुट्टाको भरमा सम्पूर्ण काम गर्न सक्छिन्’ राउतले भने ।

खोटाङमा ३ हजार २५५ जनाले कक्षा ११ को परिक्षा दिइरहेका छन् । नियमिततर्फ १५ सय ९९ आंशिक तर्फ १६ सय ५६ जनाले परिक्षा दिइरहेका राष्ट्रिय परिक्षा वोर्ड शाखा कार्यालय लाहानका कार्यालय प्रमुख रमेश बहादुर दाहालले जानकारी दिए । कक्षा १२ मा नियमिततर्फ १२ सय ९५ र आंशिकतर्फ १ हजार ६६ जनाले परीक्षा दिएका थिए ।  

तस्विर : रामबहादुर राउत


Views: 2