18th August | 2018 | Saturday | 11:34:20 PM

लागुऔषधसहित दुई भारतीय पक्राउ

  POSTED ON : Thursday, 17 May, 2018 (6:32:00 PM)

लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

उनीहरुले भारतीय नम्बर प्लेटको टाटा सुमोमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुसँग ५०० एम्पुल डाइजेपाम, ५०० एम्पुल नुर्फिन र ५०० एम्पुल फेनार्गन बरामदसमेत गरेको छ । पक्राउ परेका दुवैमाथि कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । रासस