22nd September | 2018 | Saturday | 6:45:10 PM

अवैध लागुऔषधसहित चार युवती भक्तपुरबाट पक्राउ

  POSTED ON : Tuesday, 12 June, 2018 (5:44:27 PM)

अवैध लागुऔषधसहित चार युवती भक्तपुरबाट पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । 

खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजाघर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २१० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए । सोही खाजाघरबाट यौनधन्दामा संलग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ । रासस


Views: 0