27th May | 2019 | Monday | 4:43:49 AM

एकै बेतमा गाईको तीनवटा बाच्छी

  POSTED ON : जेठ २९, २०७५ (३:१४ PM)

एकै बेतमा गाईको तीनवटा बाच्छी

पोखरा र जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा । 

कास्कीको माछापुच्छे गाउँपालिका–४ लाहाचोकस्थित गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमबार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ । गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि एउटा भने लगभग तीन घण्टापछि मरेको र बाँकी दुईवटा सामान्य अवस्थामा रहेको कृषक ढकालले बताए । 

उनका अनुसार गत वर्ष दूध दिँदै गरेको अवस्थामा पुरन्चौरबाट किनेर ल्याएको सो गाईले दैनिक १० लि दूध दिएको छ । 

रासस


Views: 118