22nd September | 2018 | Saturday | 6:59:55 PM

महिलाहरु भरसक यस्ता कुरा श्रीमानलाई सुनाउँदैनन्

हिमालय टाइम्स   POSTED ON : Thursday, 14 June, 2018 (8:08:50 PM)

महिलाहरु भरसक यस्ता कुरा श्रीमानलाई सुनाउँदैनन्

 काठमाडौं । नेपाली समाजले एउटा भ्रामक भनाइ संधै राख्ने गर्छ त्यो हो ‘महिलाको रुद्रघण्टी हँुदैन पेटका कुरा अडिदैन ।’ तर त्यो भनाइ गलत हो महिलाहरुले आफ्ना व्यक्तिगत गोप्य कुरा कहिल्यै सेयर गर्दैनन् । जुन कुराले उनीहरुलाई समस्या गर्छ त्यो कुरा भरसक उनीहरुबाट फुत्किदैन ।

महिलाहरु आफ्ना पर्शनल कुरामा सम्वेदनशील हुन्छन् । अर्थात उनीहरु आफ्नो गोप्य कुरा भरसक कसैसँग सेयर गर्दैनन् । मिल्ने भन्दा मिल्ने साथीलाई पनि आफ्नो अति गोप्य कुरा उनीहरुले भनेका हुँदैनन् । अझ आफ्नो श्रीमानसँग त उनीहरुले धेरै आफ्ना अतिगोप्य पुराना कुरा नभनेका हुन्छन् भनिन्छ ।

यसरी समाजले रहस्यमय बनाएको महिला स्वभाव प्रकृतिको देन हो । प्रकृतिले महिला र पुरुष दुवैलाई पूर्ण मानव हुनका लागि फरक हर्मोन प्रदान गरेको छ । त्यहि फरक हर्मोनका कारण महिला र पुरुष दुवैका आफ्नै स्वभावहरु हुन्छन् । अझ पुरुषमा भन्दा महिलामा गोपनियताको दर बढी हुन्छ भनिन्छ ।

आफ्नो पुरानो ‘अफयेर’ थियो भने पनि यसबारे महिलाहरुले भरसक श्रीमानलाई कहिल्यै बताउँदैनन् । बताइ हाले पनि उसले मलाई मन पराउथ्यो, मरिहत्ते गथ्र्यो भनेर टार्न खोज्छन् । कतैबाट श्रीमानले अफर भएको कुरा थाहा पाइहाले पनि त्यो समयका गतिविधिलाई खुलेर बोल्दैनन् । र त्यो विषयमा श्रीमानले गरेको गफ उनीहरुलाई पटक्कै मन पर्दैन । अझ ऊ सँग भएको शारीरिक सम्बन्धको बारे त कुरै गर्न चाहाँदैनन् । त्यसैगरी श्रीमानसँग भएको सेक्समा चरम सन्तुष्टि नभएपनि उनीहरु श्रीमानलाई त्यो कुरा भरसक भन्दैनन् । यौंन क्रियाकलापको बेला महिलाले आफ्नो श्रीमानलाई यसो गर्दिए हुन्थ्यो भनेर भन्न चाहँदैनन् । श्रीमानले बुझेर गरिदिए हुन्थ्यो भन्ने चाहना राख्छन् ।

पुराना कुरा मात्र होइन आफ्नो श्रीमानसँगको खटपट भएको सम्बन्ध, घरमा बेला–बेलाको झैझगडा प्रायः महिलाले अरुसँग सेयर गर्दैनन् । गर्नै परेपनि नजिकको आफन्तसँग मात्र गर्छन् ।

त्यसैगरी उनीहरुले आफ्नो मेककपका बारेमा पनि खासै खुलेर सेयर गर्न चाहाँदैनन् । प्रायः महिलाहरु श्रीमानसँग लुकाएर मेकअप गर्ने गर्छन् । 

आफ्ना साथीलाई यदि ऋण तथा सापटी दिएको भए भरसक त्यो कुरा श्रीमानलाई भन्दैनन् । त्यसैगरी महिलाले माइती पक्षले गरेको ज्वाईको नकारात्मक कुरा कहिल्यै श्रीमानलाई सुनाउँदैनन् ।

आफ्ना छोरा–छोरीले गरेको चकचक र विगारलाई पनि भरसक महिलाहरुले बाबुलाई सुनाउन चाहाँदैनन् । सुनाइहालेपनि मिलाएर र छिपाएर सुनाउने गर्छन् ।

भान्सामा भएको सामान्य क्षतिलाई पनि महिलाले श्रीमानलाई सुनाउने गर्दैनन् । जस्तै गिलास–कप फुटेका कुरा, दाल पोखिएको कुरा, तरकारी काट्दा भएको सामान्य चोट–पटक कुरा, हात डामेका कुरा भरसक सुनाएका हुँदैनन् ।


फोटो इन्टरनेट


Views: 1