19th November | 2018 | Monday | 12:37:35 PM

राजधानीका सडकमा दिउँसो ट्रिपर चलाउन प्रतिबन्ध

हिमालय टाइम्स   POSTED ON : Wednesday, 11 July, 2018 (9:52:08 PM)

राजधानीका सडकमा दिउँसो ट्रिपर चलाउन प्रतिबन्ध

काठमाडौं । राजधानीका तीन जिल्ला काठमाडौं , भक्तपुर र ललितपुरमा दिउँसो व्यस्त समयमा ट्रिपर चलाउन प्रतिबन्ध लगाइएको छ । 

ट्रिपर चालकका लापरर्वाहीका कारण धेरै सर्वसाधरणको ज्यान जान थालेपछि गृहमन्त्रालयले यस्तो निर्णय लिएको हो । गृहमन्त्रालय स्रोतका अनुसार साउन १ गते देखि राति ८ बजे देखि विहान ७ बजेसम्म मात्र ट्रिपर चलाउन पाइने भएको छ ।  

ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई व्यस्त समयमा ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । साथै अब ट्रिपर चालकलाई टाइम कार्डको व्यवस्था गरिने बताइएको छ ।

गृहको यो प्रतिबन्धले सडक यात्री सर्वसाधारण खुशी भएका छन् । यस विषयमा व्यवासायी संघको भने प्रतिक्रिया आएको छैन । 


Views: 21