19th November | 2018 | Monday | 1:09:02 PM

रुपन्देहीमा अप्राकृतिक रुपमा तीन जनाको मृत्यु

चन्द्रकान्त खनाल   POSTED ON : Wednesday, 11 July, 2018 (10:45:06 PM)

रुपन्देहीमा अप्राकृतिक रुपमा तीन जनाको मृत्यु

रुपन्देही ।  कार र मोटरसाइकल एक आपसमा ठोक्किदा  दुई जनाको मृत्यु भएको छ भने, २ जना घाइते भएका छन् ।

रुपन्देहीको लुम्बिनीमा आज भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । गैडहवा गाउँपालिका ३ मा ना ४२ प ८४१२ नम्बरको मोटरसाइकल र बा १९ च ४२१ नम्बरको कार ठोक्किदा गैडहवा २ बस्ने २६ वर्षका कायर पासी, सोही ठाउँका २७ बर्षका घिसन पासीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गैडहवा २ बस्ने २६ वर्षका छन्नु पासी र ३६ वर्षका मोहितलाल पासी घाइते भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । एउटै मोटरसाइकलमा हेल्मेट नलगाई सवार रहेका ४ जनामध्ये २ जनाको मृत्यु भएको हो । घाइतेहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर दिएको कार र कार चालक प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

यस्तै, रुपन्देहीमा पौडी खेल्ने क्रममा डुवेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सियारी गाउँपालिका वाडा नम्वर दुइका १६ वर्षीय सागर बनियाको मृत्यु भएको हो ।  स्थानीय शिव वहादुर वनियाका १६ वार्षीय छोरा सागरको आज नजिकैको पोखरीमा पौडी खेल्नेक्रममा ढुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । 


Views: 10