18th September | 2018 | Tuesday | 9:48:46 PM

महाकाली नदीमा पानीको बहाव बर्षकै उच्च

दुर्गा उपाध्याय   POSTED ON : Wednesday, 11 July, 2018 (10:56:06 PM) Views: 0

महाकाली नदीमा पानीको बहाव बर्षकै उच्च

कञ्चनपुर । पहाडी जिल्लामा परेको वर्षका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेपछि भारतीय पक्षले महाकाली पुल (शारादा ब्यारेज) मा चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाएको छ । 

डडेल्धुरा लगायत चुरे क्षेत्रमा परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेर २ लाख १५ हजार १ सय १८ क्यूसेक पुगेको जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रले जनाएको छ । यो यस वर्षको सबैभन्दा बढी हो । 

नदीमा पानीको बहावले एक लाख नाघेपछि भारतीय पक्षले पुलको सुरक्षाको कारण देखाउदै पुलमा चारपाङ्ग्रे सवारीका साधनको आवागमनमा रोक लगाउदै आएको छ । 

महाकाली नदीको बाढीको पूर्वामानका लागि दार्चुला र डडेल्धुरामा पानीको सतह मापन गर्ने गरिन्छ । 

जिल्ला आपत्कालिन कार्य संचालन केन्द्रका अनुसार दार्चुलामा पानीको सतह सामान्य रहेपनि डडेल्धुराको परी गाँउमा भने पानीको सतहले खतराको चिन्ह नाघेको छ । 

दार्चुलामा अहिले पानीको सतह ३ मिटर ५ सेन्टीमिटर छ । दार्चुलामा ५ मिटर ८० सेन्टीमिटर नाघे चेतावनी र ७ मिटर नाघे खतराको संकेत मानिन्छ । 

यता, डडेल्धुराको परी गाँउमा भने पानीको सहत ६ मिटर रहेको छ । यसअघि, दिउँसो ६ मिटर १६५ सेन्टिमिटर नाघेको केन्द्रले जनाएको छ ।