21st November | 2018 | Wednesday | 1:59:55 AM

मदन भण्डारी राजमार्ग अवरुद्ध

  POSTED ON : Thursday, 12 July, 2018 (11:54:33 AM)

मदन भण्डारी राजमार्ग अवरुद्ध

हेटौँडा । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ । 

काठमाडाँैबाट आएका हल्का सवारी सुमो, जीप, कार र मोटरसाइकल पहिरो नजीक अलपत्र अवस्थामा रोकिनुपर्दा यात्रुलाई गन्तव्यमा पुग्न निकै कठिनाइ भएको छ । दुई सडकमा पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जानकारी दिए । 

रासस


Views: 18

सम्बन्धित सामग्री:

मन्दिरमै बच्चा जन्मियो

: Tuesday, 20 November, 2018 (9:11:31 PM)

योगीको गुरुकुल मोह

: Tuesday, 20 November, 2018 (8:27:24 PM)