23rd July | 2018 | Monday | 6:19:46 AM

बर्षाले जनजीवन अस्तव्यस्त – शुक्रबारसम्म बर्षा जारी रहने

  POSTED ON : Thursday, 12 July, 2018 (12:43:05 PM)

बर्षाले जनजीवन अस्तव्यस्त – शुक्रबारसम्म बर्षा जारी रहने

काठमाडौं । बुधबारदेखि देशका मध्य र पश्चिमी भू–भागहरुमा मध्यम देखी भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार सो क्रम शुक्रबारसम्म जारी रहने सम्भावना छ ।  बिहिबार दिउँसोको समयमा देशभरिनै बदली रही मध्य र पश्चिमका अधिकांश स्थानहरुमा र पूर्वका केही स्थानहरुमा मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ  ।

 साँझ र राती पनि अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । 

अविरल वर्षाका कारण देशका पहाडी क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।