23rd July | 2018 | Monday | 6:20:00 AM

बुटवलबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना

  POSTED ON : Thursday, 12 July, 2018 (12:47:43 PM)

बुटवलबाट पोखरातर्फ जाँदै गरेको बस दुर्घटना

पाल्पा । तानसेन नगरपालिका–७ भालेबासमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

विपरीत दिशाबाट आउँदै गरेको गाडीलाई बाटो दिने क्रममा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ७२७२ नम्बरको बस आज बिहान ६ः१५ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते १६ जनाको उद्धार गरिएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । बस सडकबाट करीब २० मिटर तल खसेको थियो । रासस