23rd July | 2018 | Monday | 6:20:03 AM

पहिरोले घर पुर्दा भक्तपुरमा ३ जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : Thursday, 12 July, 2018 (2:57:57 PM)

पहिरोले घर पुर्दा भक्तपुरमा ३ जनाको मृत्यु

भक्तपुर ।  अविरल वर्षाको कारण  घरमाथिबाट ढिस्को पहिरो बनेर खस्दा भक्तपुरमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मजुवा टोलका सुतिरहेको बेला खसेको पहिरोले च्यापिएर ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया दानमाया लामा र उनीहरूकै नातिनी २ वर्षकी सम्पदा लामाको मृत्यु भएको हो ।

बालिकाकी बाबुआमा सोही ठाउँमा रहेको अर्को पक्की घरमा सुतेकाले बचेका छन् । उनीहरू बस्दै आएको अस्थायी टहरो भत्किएर च्यापिएका थिए ।

मनोहरा खोलालगायत अन्य स्थानीय खोलामा समेत बाढी आएपछि स्कुल तथा बस्ती डुबानमा परेका हुन् । डुबानमा परेका करिब चार सय जनालाई प्रहरीले उद्वार गरेको छ । अहिले पनि उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।