21st November | 2018 | Wednesday | 1:36:05 AM

डुबेर दुई जनाको मृत्यु

  POSTED ON : Thursday, 12 July, 2018 (7:42:02 PM)

डुबेर दुई जनाको मृत्यु

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । 

यसैगरी सोही ठाउँको राम्री खोलामा डुबेर मिक्लाजुङ–९ महेश चोक बस्ने ७२ वर्षीय वृद्ध भीमबहादुर माझीको पनि मृत्यु भएको छ । बिहान घरबाट निस्किएका माझी आज दिउँसो खोला किनारमा मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।


Views: 10

सम्बन्धित सामग्री:

मन्दिरमै बच्चा जन्मियो

: Tuesday, 20 November, 2018 (9:11:31 PM)

योगीको गुरुकुल मोह

: Tuesday, 20 November, 2018 (8:27:24 PM)