21st November | 2018 | Wednesday | 1:59:49 AM

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

अनिल पोखरेल   POSTED ON : Thursday, 12 July, 2018 (9:16:11 PM)

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु


हिमालय टाइम्स । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा  छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।  

बुधवार राति खडक नगरपालिका–८ स्थित विसनपुर चोकमा पश्चिम जाँदै गरेको ना५ख ४८१७ नम्बरको बसले एकै दिशातर्फ जाँदै गरेको बा७०प ८०९२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नगरपालिका–२ का ३५ वर्षीय रुपेश चौधरी र पछाडि सवार करिब २० वर्षका रोसन चौधरीको उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

गम्भीर रुपमा घाइते भएका दुवैलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगरस्थित नोवेल अस्पताल पु¥याउनु ुपूर्व नै रोसनको भएको प्रहरीले जनाएको छ ।

बस र चालक टिकाप्रसाद धिमाललाई इलाका प्रहरी कार्यालय, कडरवोनाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै शम्भुनाथ नगरपालिका ३ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १९ च १४२४ नम्बरको पिकअप भ्यानले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा शम्भुनाथ नगरपालिका १ खोक्सर प्रवाहाका ४० वर्षीय श्रीलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । राति ११ बजे पिकअप भ्यानको ठक्करले गम्भिर घाइते भएका चौधरीको उपचारका क्रममा राजविराजस्थित अञ्चल अस्पतालमा मृत्यु भएको एसपी मुकेशकुमार सिंहले बताए । पिकअप भ्यान इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।


Views: 14

सम्बन्धित सामग्री:

मन्दिरमै बच्चा जन्मियो

: Tuesday, 20 November, 2018 (9:11:31 PM)

योगीको गुरुकुल मोह

: Tuesday, 20 November, 2018 (8:27:24 PM)