19th November | 2018 | Monday | 1:49:22 PM

अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुल्यो

  POSTED ON : Thursday, 12 July, 2018 (9:47:30 PM)

अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुल्यो

झापा । झापाको कन्काई १ मा सञ्चालित अलकत्रा उद्योगमा लागेको तालाबन्दी खुलेको छ । 

युवा संघ झापाले गुणस्तरहिन निर्माण सामाग्री उत्पादन गरेको भन्दै कलकत्रा उत्पादक शिव निर्माण सेवामा गत असार २२ गते तालाबन्दी गरेको थियो ।

झापाका विभिन्न सडक निमार्णमा कालोपत्रे गर्ने क्रममा अलकत्रा गुणस्तरहीन भएका कारण सडक उक्किन थालेपछि युवा संघ झापाले उद्योगमा तालाबन्दी गरेको थियो ।

उद्योगमा लगाएको ताला जिल्ला प्रशासन झापा र जिल्ला समन्वय समिती झापाको रोहवरमा भएको बार्तापछि गरिएको सहमति बमोजिम खोलिएको युवा संघ नेपालका केन्द्रीय सदस्य पर्वतराज भण्डारीले बताए । केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा गएको युवा संघ नेपालको टोलीले ताला खुलाइएको जनाएको छ ।

ताला खोलेपछि युवा संघ झापाले एक विज्ञप्ति प्रकाशित गरि अनुगमन गरी झापाका लक्ष्मीपुर सडक , जयपुर सडक, धरमपुर सडक र कन्काई सडक गरी ४स्थानमा गरिएको कालोपत्रेको नमुना , परीक्षणका लागि सडक डिभिजन कार्यालय इटहरी र काठमाडौ पठाएको अध्यक्ष शम्भु भण्डारीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, ‘युवा संघ नेपालले राज्यको प्रसाशनिक लगायत स्थानीय सरकारलाइलाई समेत आवश्यक नियमन गर्नका लागि खवरदारी गर्नेछ ।’ घटनाको सत्य तत्य छानविन गरि गलत पाइए कडा भन्दा कडा कानुनी कारर्वाहीका निम्ति सम्वन्धित निकायलाई घच्घच्याउने बताइएको छ ।


Views: 13