19th November | 2018 | Monday | 12:29:36 PM

पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

  POSTED ON : Thursday, 12 July, 2018 (10:15:21 PM)

पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

नुवाकोट । यहाँको विदुर नगरपालिका–५ स्थित खाल्टोमा जमेको पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा राजेश तिमिल्सिनाका छोरा रञ्जित तिमिल्सिना रहेको नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । 

खेल्ने क्रममा खाल्टोको पानीमा डुबेका बालकलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । रासस


Views: 10