21st November | 2018 | Wednesday | 1:25:28 AM

अपडेट : बोलेरो दुर्घटनामा ५ जनाको मृत्यु

  POSTED ON : Friday, 13 July, 2018 (12:41:04 PM)

अपडेट : बोलेरो दुर्घटनामा  ५ जनाको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नंंको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ । 

अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए । मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् । 

गम्भीर घाइते आठ जनालाई उपचारका लागि काठमाडौँ लगिएको छ । सो जीप सडकबाट करीब ४०० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए । रासस


Views: 9

सम्बन्धित सामग्री:

मन्दिरमै बच्चा जन्मियो

: Tuesday, 20 November, 2018 (9:11:31 PM)

योगीको गुरुकुल मोह

: Tuesday, 20 November, 2018 (8:27:24 PM)