11th December | 2018 | Tuesday | 6:54:45 PM

अपहरण गरी हत्या गरिएका बालक निशानको दाहसंस्कार भयो

हिमालय टाइम्स   POSTED ON : Thursday, 09 August, 2018 (8:16:14 PM)

अपहरण गरी हत्या गरिएका बालक निशानको दाहसंस्कार भयो

 काठमाडौं । आइतवार साँझ अपहरणमा परि हत्या गरिएका काँडाघारीका ११ वर्षीय निशान खड्काको अन्तिम दाहसंस्कार आज गरिएको छ । 

प्रहरीले सोमवार मात्रै भक्तपुरको सानोठिमीस्थित एक निर्माणाधिन घरको जगमा गाडिएको अवस्थामा निशानको शव फेला पारेको थियो । 

मलेसियामा रहेका बाबु गोपाल सोमबार नै फर्किएसँगै उनको अन्तिम संस्कार गरिएको हो । 

निशानलाई हजुरबुवा दूर्गाबहादुर खड्काले दागबत्ती दिए । 

दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्यु पछि नेपाल आएका थिए । दिउँसो २ बजे विमानस्थल ओर्लिएका उनी ३ बजे सिधै पशुपतिस्थित आर्यघाट पुगेका गोपाल निकै भावविह्वल बनेका थिए ।

पोस्टमार्टममा अपहरणकारीले निशानको मुखमा रुमाल र कपडा कोचेर हत्या गरेको देखिएको छ ।  

निशानको  सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार अपहरण गरी हत्या गरेका थिए ।  निशानको हत्यापछि उनीहरु पनि  भक्तपुरमा भएको ‘इन्काउन्टर’मा मारिएका थिए ।


Views: 31