22nd August | 2018 | Wednesday | 1:32:53 AM

छोरा अपहरणमा परेको भनी गलत सूचना दिने व्यक्ति प्रहरी नियन्त्रणमा

हिमालय टाइम्स   POSTED ON : Thursday, 09 August, 2018 (8:35:30 PM)

छोरा अपहरणमा परेको भनी गलत सूचना दिने व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौं । छोरा अपहरणमा परेको भनी गलत सूचना दिने बाबु पक्राउ परेका छन् । 

बैतडी स्थायी भर भई हाल कपनमा बस्ने वर्ष ४१ को राकेश विष्टले आफ्नो २० वर्षिय छोरा नरेश बिष्ट अपहरणमा परेको भनि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको कन्ट्रोल नं.१०० मा  कल गरी जानकारी गराएका थिए ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा राकेश विष्ट र नरेश विष्टको खोजतलास गरी आज यस कार्यालयमा ल्याई सोधपुछ गर्दा, अपहरणमा नपरेको पुष्टि भएको छ ।  बाबु राकेश विष्टले गलत सूचना दिई प्रहरीलाई भ्रममा पार्न खोजेको प्रहरीको ठहर छ ।

यसरी गलत सूचना दिनेलाई आवश्यक कानुनी कारवाहीको लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।