22nd August | 2018 | Wednesday | 1:31:49 AM

दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

  POSTED ON : Thursday, 09 August, 2018 (9:59:51 PM)

दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु

उर्लाबारी, मोरङ । मोरङको विराटनगर–१८ स्थित विराटनगर– जोगवनी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । 

जेगवनीबाट विराटनगरतर्फ आज आउँदै गरेको को७प २५५९ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय बुद्धनगरमा कार्यरत ४२ वर्षीय प्रहरी सहायक निरीक्षक विवेकानन्द झाको मृत्यु भएको हो । 

दुर्घटनामा परेर गम्भीर घाइते भएका झाको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोख्रेलले जानकारी दिए । रासस