14th December | 2018 | Friday | 2:50:50 AM

लुटेराको गोलीबाट एक घाइते–लाखौंको लुटपाट

  POSTED ON : Friday, 10 August, 2018 (1:19:48 PM)

लुटेराको गोलीबाट एक घाइते–लाखौंको लुटपाट

महेन्द्रनगर, धनुषा । मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । 

लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उनलाई गोली हानेको थियो । श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उनलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ । 

लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट गरेको छ । लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो । प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ । रासस


Views: 11