25th June | 2019 | Tuesday | 11:07:16 AM

एसपी विष्टसहित तीन जनाको डिएनए परीक्षणका लागि नमूना संकलन

हिमालय टाइम्स   POSTED ON : भदौ २८, २०७५ (१:४४ PM)

एसपी विष्टसहित तीन जनाको डिएनए परीक्षणका लागि नमूना संकलन

 काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा निलम्बनमा परेका एसपी डिल्ली विष्टसहित ३ जनाको डिएनए परीक्षणनिम्ति नमूना संकलन गरिएको छ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा विष्ट लगायत उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएसए परीक्षण थालिएको हो ।

 अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्ती नेतृत्वको टोलीले विष्टको डिएनए परीक्षणका लागि बिहान रगतको स्याम्पल लिएको स्रोतले बतायो ।

यसअघि प्रहरीले मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको दिलिपसिंह विष्टको डिएसए रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका थिए ।

साउन १० गते साथीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।


Views: 67