19th November | 2018 | Monday | 12:29:27 PM

दुई दिदीबहिनीलाई एसिड हान्ने अझै पक्राउ परेनन्

श्याम कार्की   POSTED ON : Friday, 14 September, 2018 (9:39:27 PM)

दुई दिदीबहिनीलाई एसिड हान्ने अझै पक्राउ परेनन्

रौतहट । रौतहटमा दुई दिदीबहिनीलाई सुति रहेको स्थानमा एसिड आक्रमण गर्नेलाई चार दिनबितिसक्दा समेत प्रहरीले पक्राउगर्न सकेको छैन । चन्द्रपुर ६ बजारटोलकी १८ बर्षीया सम्झना दास र उनकी  १५ बर्षीया  बहिनी सुस्मितादासलाई मंगलबार राती करीव १२ बजे अज्ञात व्यक्तिले अनुहारमा एसिड आक्रमण गरेका थिए । राति घरमा सुतिरहेको अवस्थामा दुबैजनाको अनुहारमा एसिड छ्यापिएको थियो ।

तेजाव आक्रमणबाट घाइते भएका दुवैजनालाई चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ लगिएको थियो  । चन्द्रपुर अस्पतालका डाक्टर सुभाष चौधरीका अनुसार दिदी सम्झनालाई बहिनी सुस्मिता भन्दा बढी चोट लागेको छ । बहिनीको अनुहारको केही भाग तथा हातमा चोट लागे पनि दिदीको भने अनुहार , आँखा , घाँटी तथा छातीमा एसिडको कारण जलेको छ । सम्झनाको शरीरको करिब १८ प्रतिशत भाग एसिडको कारण जलेको उनले बताए । हाल घाइते दुवै दिदीबिहिनीको उपचारका  काठमाडौँ स्थित कीर्तिपुर अस्पतालमा भइरहको छ । 

राति करिब १२ बजे नचिनेको व्यक्तिहरु ढोका खोलेर घरमा पसेर दुवै छोरीको अनुहारमा एसिड हानेर  भागेको पीडित किशोरीहरुका बुवा जादोलालदासले बताएका छन् । आफु घरम ानभएको अवस्थामा यो घटना घटेको उनले बताए । दिदीबहिनी एउटै खाटमा सुतिरहेको अवस्थामा अचानक एसिड आक्रमण गरेको उनले जानकारी दिए । ‘अलिकति धकल्दै खोल्ने ढोका थियो , खोलेर भित्र पसेर एसिड हानेर भागेछन् ’उनले भने , ‘कति जना थिए , कोको थिए केहीँ पत्ता ेनै पाइएन । ’चन्द्रनिगाहपुर बजारमा पुलहाउस संचालक रहेका दास सो दिन आप्mनो छोरासँग सोही पुलहाउसमा सुत्न गएका थिए । कान्छी छोरीको अवस्था सामान्य रहेपनि जेठी छोरीको स्थिति भने निकै जटिल रहेको उनले सुनाए । ‘ डाक्टरहले जेठीको ज्यानै पनि जान सक्ने संभावना रहेको छ भनेका छन् ’उनले रुदै भने ,‘ तर भगवानको कृपाले अहिले सम्म होसमा छेँ , प्रार्थना गर्छु उनलाई केही नहोस् । , उनले डाक्टरले आइतबारदेखि तिघ्राको छाला काटेर जलेको स्थानमा राख्ने अप्रेशन सुरु गर्ने भनेको जानकारी दिए ।

स्थानीय आक्रोशित

एसिड आक्रमण भएको चार दिन बिति सक्दा पनि अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । घरमै पसेर एसिड आक्रमण हुँदा पनि प्रहरीले अपराधी पत्ता लगाउन नसक्नु सोचनिय विषय भएको युवा नेता सहदेव केसी बताउँछन् । शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासन घटना घटेको चार दिनसम्म पनि केवल अनुसन्धान गर्दै छौ भनेर बस्नुले प्रहरी प्रशासनको कमजोरी रहेको  उनले बताए । महिला अधिकारकर्मी देवकी नेपालले प्रहरीले ढिलाई महिला माथि ज्यानै लिने उद्धेश्यले गरिएको एसिड आक्रमणका अपराधीहरु उम्कन सक्ने तर्क राख्छिन् । उनले आफुहरुले बारम्बार प्रहरीलाई घटनाको बारेमा अलि गम्भीर ढंगले लाग्न भने पनि प्रहरीले आफुहरु अनुसन्धानको क्रममा रहेको र डिस्र्टव नगर्न भन्दै पन्छिने गरेको गुनासो गरिन् । उनले कंचनपुरकी निर्मला पन्तका अपराधीहरु जस्तै यहाँका अपराधीहरु पनिउम्कने हो किभनेर आशंका व्यक्त गरिन् । घटना घटेको वडा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खड्ग कुश्वारले आफुले यस घटनालाई एकदमै गम्भिर रुपमालिएको बताउँदै बारम्बार प्रहरीका प्रमुखहरुलाई भेटेर चाँडोभन्दा चाँडो अपराधीलाई पक्रन दवाव दिएको बताए । यता स्थानीयले प्रहरीले अनुसन्धानमा ढिलाइ गरे आफुहरु दवाव मुलक आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले यति गम्भीर घटनालाई पनि प्रहरीले सामान्य रुपमा लिएको आरोप लगाए । 

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी युवराज खड्काले प्रहरी अपराधी पक्राउ गर्न गम्भिर रुपमा लागि परेको बताउँदै अपराधी चाँडै पक्राउ पर्ने दावी गरेका छन् । उनले आफुहरु सुक्ष्म रुपमा घट्नाको अनुसन्धानमालागेको बताउँदै प्रहरीको प्रहरीको क्षमतामाप्रश्न नउठाउन आग्रह गरे । 

उपचार खर्चको अभाव

एसिड आक्रमण घाइते भएका दिदीबहिनीको उपचारको लागि खर्चको अभाव भएको छ । चन्द्रनिगाहपुर बजारमा पुलहाउस संचालन गरेर घरपरिवार चलाइ रहेका जादोलाल दासलाई अहिले छोरीहरुको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेको छ । ‘पुल हाउसको कमाइबाट ७ जनाको परिवार जेनतेन चलाइरहेको थिए तर अचानक यस्तो विपत्ती आइपरेको छ ’, उनले भने , ‘ उपचार खर्च कसरी जुटाउने तनावमा छुँ । ’ उनको परिवारमा घाइते दुई छोरीहरुको अलावा एउटा छोरा , चार महिनाकी अर्की छोरी , श्रीमती र बृद्ध बाबु छन् । डाक्टरले धेरै खर्च लाग्न सक्ने भनेपछि कसरी जुटाउने हो तनावमा रहेको उनले गुनासो व्यक्त गरे । हाल साथीभाइहरुसँग सरसापटी गरेर उपचार गरिरहेको बताउँदै उनले सहयोगको लागि सबैलाई अनुरोध गरेका छन् । यता घाइते दिदीबहिनीको लागि स्थानीयले चन्दा संकलन सुरु गरेका छन् । त्यसै गरी विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले पनि आर्थिक सहयोग गरिरहेको तर त्यो रकम अपुग रहेको स्थानीय युवा आशिष कुश्वारले जानकारी दिए । 



Views: 94