22nd September | 2018 | Saturday | 4:40:46 PM

रामेछापमा बाल दिवस मनाइयो

बद्रि नयाँघरे   POSTED ON : Friday, 14 September, 2018 (9:58:43 PM)

रामेछापमा बाल दिवस मनाइयो

 रामेछाप । “सुखी नेपाली समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ राष्ट्रिय वाल दिबस  मन्थली नगरपालिकाले बिबिध कार्यक्रमको आयोजना मनाएको छ । 

कार्यक्रमको अवसरमा विहान , प्रभातफेरी मार्फत आरम्भ भएको  उक्त कार्यक्रममा , प्रबचन, बक्तृत्वकला एबं बिबिध सास्कृतिक कार्यक्रम समेत सञ्चालन  गरिएको थियो । 

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा “सुखी नेपाली समृद्ध नेपाल ः वाल अधिकार सबैको सरोकार” बिषयमा अन्तर नगर माध्यामिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता का बिजयी बालवालिकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । 

त्यसैगरी बिहान बि.पी.चोकबाट सुरु भएको बिभिन्न बिद्यालयहरुका बालवालिकाहरुको ¥यालीले मन्थली बजारका बिभिन्न भागहरु परिक्रमा गरी जिल्ला समन्वय समितिको प्राङ्गडमा प्रबचन र बिबिध सास्कृतिक कार्यक्रको  गरेको हो । 

प्रबचन कार्यक्रममा  जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, नगर प्रमुख रमेश कुमार बस्नेत, उप प्रमुख माया कुमारी कार्की, ने क पा का सचिब आनन्द श्रेष्ठ, नेपाली काग्रेसका सचिब लेख बहादुर कार्की लगाएतले बालदिबसको सान्दर्भिकता का बारेमा चर्चा गरेका थिए  सो अबसर पारेर जिल्लाका ८ वटै पालिका र अधिकांश बिद्यालयहरुले समेत बालदिवस कार्यक्रम भब्य रुपमा मनाएको जानकारी प्राप्त भएको छ । 



Views: 5