19th October | 2018 | Friday | 4:04:14 AM

शिक्षा मन्त्रालय र आन्दोलनरत राहत शिक्षकबीच तीन बुँदे सहमति

हिमालय टाइम्स   POSTED ON : Monday, 08 October, 2018 (5:21:11 PM)

शिक्षा मन्त्रालय र आन्दोलनरत राहत शिक्षकबीच तीन बुँदे सहमति

काठमाडौँ । आन्दोलित बनेका सामुदायिक विद्यालयका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच आज तीन बुँदे सहमति भएको छ । चार बुँदे माग पेश गर्दै देशभरका करिब ४० हजार राहत शिक्षक आन्दोलित भएका थिए । 

सोमबार शिक्षा विकास तथा मानव स्रोत केन्द्र भक्तपुरमा भएको वार्तामा सहमति भएको हो।

नेपाल राहत शिक्षक केन्द्रिय समितिसँग मन्त्रालयका वार्ता समितिका संयोजक तथा सहसचिव सुर्यप्रसाद गौतमको टोलीले वार्ता गरेको थियो । 

राहत शिक्षकका माग संघीय शिक्षा ऐनको विधेयकको मस्यौदामा समावेश गर्ने, राहत र अनुदान कोटाका शिक्षकलाई अस्थायी शिक्षक सरह अवसर दिन मन्त्रालयको संवाद समितिमा छलफल गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

आइतबार राहत शिक्षकहरुले पढाउन छाडेर राजधानीमा प्रर्दशन गरेका थिए । 


Views: 125