17th December | 2018 | Monday | 2:18:35 AM

शिक्षा क्षेत्रमा टेवा पुर्याउँदै कृष्ण प्रणामी सेवा समिति

सरिशा अछामी   POSTED ON : Tuesday, 09 October, 2018 (2:51:47 PM)

शिक्षा क्षेत्रमा टेवा पुर्याउँदै कृष्ण प्रणामी सेवा समिति

काठमाडौं ।   कागेश्वरी मनहरा नगरपालिका ८ गोठाटार स्थित श्री कृष्ण प्रणामी सेवा समितिले शैक्षिक गुठी संकलन गरी निजानन्द एकेडेमी सञ्चालन गरेको छ । २०७३ साल माघबाट पहिलो पटक कृष्ण प्रणामी सेवा समितिले शिक्षा क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले यस्तो कामको सुरुवात गरेको हो । 

शिक्षा क्षेत्र सेवामुखी नभएर व्यापारतिर उन्मुख भएको गुनासो गर्दै गरिब जनतालाई सेवा दिने उद्देश्यले नगरपालिकाको स्वीकृति लिएर प्रणामी सेवा समितिले विद्यालय संञ्चालनमा ल्याएको निजानन्द्र एकेडेमीका प्रधानध्यापक रवीन दाहाल बताउँछन्  । दाहाल कृष्ण प्रणामी सेवा समितिको सदस्य समेत हुन् । 

निजानन्द्र एकेडेमी  कृष्ण मन्दिरको गुठीबाट संकलन गरेको १० लाख रुपैंयाबाट पठनपाठन सुरु गरेको दाहालले बताए । हाल नेपालमा शिक्षामा धेरै पैसा खर्च गरेर मात्र  राम्रो विद्यालयमा पढ्न पाईन्छ । आर्थिक अवस्था कमजोर हुने व्यक्तिले निजी विद्यालयमा पढ्नको लागि मुस्किल बन्दै गएको दाहालको भनाइ थियो ।  यसर्थ यहाँ आर्थिक रुपमा कमजोर भएकाहरुलाई मध्य नजर गर्दे निशुल्क पढाउन थालिएको उनले बताए । यो विद्यालय २०७३ सालमा १० जना विद्यार्थीबाट सुरु गरिएको थियो । अहिले यहाँ ६१ जना विद्यार्थी छन् । विद्यालयमा भर्ना शुल्क लिने गरेको छैन ।

एघार जना शिक्षक रहेको यस विद्यालयमा नर्सरी देखि ५ सम्म सञ्चालन भईरहेको छ । जागिर भन्दा पनि सेवा भावले शिक्षकहरुले पठाउने गरेको यस विद्यालयमा महिनाको ५ हजार देखि १० हजार सम्म तलव तोकिदिएको छ । तर,म पनि सेवा गर्छु भन्दै शिक्षकहरुले आधा मात्र तलव लिने गरेको दाहालले बताए ।

प्रणामी सेवा समितिले सञ्चालन गरेता पनि धर्म सबन्धित कुनै पक्षलाई प्रथामिकता नदिएकोउनले बताए  । उनले भने, ‘नेपालमा अहिले शिक्षाको व्यापारिकरण हुँदै गएकोले व्यवहारिक  शिक्षा गुम्दै गएको छ ।’

अहिले प्राय सबै विद्यालयले व्यापार व्यवसायको शिक्षा दिएता पनि मानवताको शिक्षा दिन नसक्दा शिक्षा समितिको सहयोगमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको उनी बताउँछन् ।

विद्यार्थीलाई मासिक शुल्क मात्र लिने गरेको बताउँदै उनले भने, ‘महिनामा एक हजार मात्र मासिक शुल्क लिएर विद्यालय सञ्चालन गरेका छौं  ।’

त्यहि मासिक शुल्कबाट विद्यालयको खर्च र विद्यार्थीलाई खाजा समेतको व्यवस्था गरिएको उनले बताए । उनले भने, नजिकै कृष्ण प्रणामी मन्दिर छ । मन्दिरमा उठेको चामलले खाजा बनाएर खुवाउने गरेको छौ ।’

मानवताको ज्ञानलाई विशेष प्राथमिकतामा राख्दै ब्यक्तिलाई आचारसंहिताका नियम तथा सामाजिक कानुन पालना गराउने उद्देश्य लिई पठनपाठन गराउने दाहालले बताए ।

 


Views: 288