17th December | 2018 | Monday | 12:46:56 AM

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन

  POSTED ON : Tuesday, 09 October, 2018 (7:06:44 PM)

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन

काठमाडौं । चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । 

बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिए । अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिए । बोगटी दुई वर्षअघि चलचित्र कलाकार सङ्घको अध्यक्षमा विजयी भएका थिए ।


Views: 132