17th October | 2018 | Wednesday | 10:11:53 PM

पुनर्निर्माण तीव्र बनाउन ऐन संशोधन हुँदै

हिमालय टाइम्स   POSTED ON : Wednesday, 10 October, 2018 (3:22:30 PM)

पुनर्निर्माण तीव्र बनाउन ऐन संशोधन हुँदै

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले भत्किएका संरचनाहरूको पुनर्निर्माणलाई तीव्रता दिन स्थानीय तहलाई सक्रिय बनाउन ऐनमा संशोधन गर्ने तयारी गरेको छ । फ्रिडम फोरमले मंगलबार राजधानीमा आयोजना गरेको ‘जनचासो समसामयिक मुद्दा ः स्थानीय पत्रकार र पुनर्निर्माण प्राधिकरण’ विषयक अन्तक्र्रिया कार्याक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले उक्त जानकारी दिएका हुन् । उनले भने, ‘गाउँपालिकाको प्रमुखको अध्यक्षतामा स्थानीय तहमा समिति बनाउने तयारी भएको छ, यसका लागि ऐन नै संशोधन गर्ने तयारी गर्दैछौं’, स्थानीय तहमा बनाइने पुनर्निर्माण अनुगमन समितिले स्थानीय निकायलाई पुनर्निर्माणमा जिम्मेवार बनाउने सहयोग पुग्ने बताए । 

स्थानीय तहपिच्छे पुनर्निर्माणका आवश्यकता र समस्या फरक फरक हुने ज्ञवालीले बताए । उनले भने, ‘आवश्यकता पहिचान गर्नका साथसाथै, प्रभावकारीढंगबाट काम हुन्छ ।’ यसैगरी जिल्लास्तरीय अनुमगन समितिमा समेत प्रदेश तहका जनप्रतिनिधिको सहभागितामा समिति गठन गरिने उनले बताए । उनले भौतिक पूर्वाधारको पुनर्निर्माण सँगसँगै भूकम्पले जर्जर बनाएको सामाजिक र आर्थिक विकासलाई समेत ध्यान दिनुपर्ने बताए । राजनीतिक अस्थिरताका कारण प्राधिकरणले गर्ने काममा ढिलासुस्ती भएको स्वीकार गरे । जनताको आवास पहिलो प्राथमिकता भएको बताउँदै उनले सम्पदा, धार्मिक तथा ऐतिहासिक महŒवका ठाउँको पुनर्निर्माणको प्रक्रिया क्रमिक रूपमा अघि बढ्ने बताए । 

फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले जनचासोका समसामयिक मुद्दाहरूलाई भूकम्पले दिएको पीडासँग जोडेर प्रकाशित भएका समाचारले भूकम्पप्रभावितको वास्तविक अवस्थाबारे छर्लंग पारेको बताए । फ्रिडम फोरमले भूकम्पपछिको पुनर्निर्माण र पीडितको अवस्था र समस्याबाहिर ल्याउन केही महिनाअघि भूकम्प प्रभावित जिल्लाका तीन दर्जन पत्रकारलाई तालिम दिएको थियो । तालिम लिएका पत्रकारमध्ये केहीलाई फ्रिडम फोरमले लेखनवृत्ति समेत प्रदान गरेको थियो । कार्यक्रममा फ्रिडम फोरमका महासचिव धर्मेन्द्र झाले लेखनवृत्ति अन्तर्गत विभिन्न सञ्चारमाध्यममा छापिएका सामाचार, फिचरले भूकम्प सम्बन्धित नयाँ र थप विषयहरू बाहिर आएको बताए । उनले यी सामग्रीले प्राधिकरण लगायत अन्य संघसंस्थालाई अवस्था बुझ्न र यथार्थ थाहा पाउन सहयोग गर्ने स्पष्ट पारे । कार्यक्रममा विभिन्न जिल्लाका पत्रकारहरूले भूकम्पले त्यहाँ पु¥याएको क्षति, कामको प्रगति लगायतका विषयमा बोलेका थिए । 


Views: 35