19th November | 2018 | Monday | 3:22:39 AM

प्रधानमन्त्री स्वस्थ, चाँडै डिस्चार्ज

हिमालय टाइम्स   POSTED ON : Friday, 02 November, 2018 (2:17:32 PM)

प्रधानमन्त्री स्वस्थ, चाँडै डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगन्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचार टोलीका संयोजक प्राडा अरुण सायमीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीलाई थप अध्ययन र परामर्शपछि घर फिर्ता गराइनेछ । प्रधानमन्त्री बिहीबार नै राष्ट्रपति कतारबाट फिर्ता आउँदा स्वागतका लागि त्यसतर्फ जाने मुडमा रहेपनि चिकित्सकहरूले रोकेको बताइएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई बिहीबार भेटी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सो अवसरमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना रेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले सञ्चारकर्मीलाई जानकारी दिए ।


Views: 47