19th January | 2019 | Saturday | 6:16:07 PM

डोल्पामा जीप दुर्घटना, १० जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : Monday, 05 November, 2018 (6:44:34 PM)

डोल्पामा जीप दुर्घटना, १० जनाको मृत्यु

 डोल्पा । डोल्पामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुई जनाको उद्दार गरिएको छ ।

सदरमुकाम दुनैबाट सुपानी जान लागेको भे १ च १६१० नम्बरको बोलेरो जीप दिउँसो ठूलीभेरी नदीमा खसेको हो।

जीप कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइतेको उद्धारा गरिएको छ ।

कालागौडामा सडकबाट चिप्लिएर जीप नदीमा खसेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । दुर्घटनाको वास्तविक कारण भने पक्ता लाग्न सकेको छैन ।


Views: 75