19th November | 2018 | Monday | 3:12:49 AM

यम पञ्चकको दोश्रो दिन–आज कुकुर तिहार

हिमालय टाइम्स   POSTED ON : Tuesday, 06 November, 2018 (9:46:26 AM)

यम पञ्चकको दोश्रो दिन–आज कुकुर तिहार

काठमाडौँ । यम पञ्चकको दोश्रो दिन, आज कुकुर तिहार । कुकुरलाई माला लगाइदिएर मीठा–मीठा खानेकुरा खुवाउँदै पूजा गरी मनाइँदै छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख गरिएको पाइन्छ ।

आजका दिन पाप नाश गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन रहिआएको छ ।


Views: 64