19th November | 2018 | Monday | 2:36:44 AM

सेवा नेपालको प्रविधि र उपभोक्ता अधिकारको खुल्ला छलफल

हिमालय टाइम्स   POSTED ON : Tuesday, 06 November, 2018 (7:48:25 PM)

सेवा नेपालको प्रविधि र उपभोक्ता अधिकारको खुल्ला छलफल

काठमाडौं । सेवा नेपालद्वारा आयोजना गरिएको प्रविधि र उपभोक्ता अधिकार सम्बन्धि खुल्ला छलफल कार्यक्रमसम्पन्न भएको छ । 

सोमबार मध्यवानेश्वर स्थित डाइनिङ पार्क रेष्टुरेन्टमा भएको कार्यक्रमको नारा“उपभोक्ता अधिकार, हाम्रो अधिकार” थियो । सो कार्यक्रममा विद्युतीय संचार माध्यमका व्यक्ति, प्राध्यापक, कानून व्यवसायी, विद्यार्थी लगायत सम्बन्धित क्षेत्रका विज्ञहरुको उपस्थिति थियो । 

कार्यक्रम सेवा नेपाल संस्थाका अध्यक्ष कल्यानी शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

काठमाडौं विश्वविध्यालयका प्राध्यापक डा. मनिस पोखरेलले डिजिटल उपभोक्ता भन्नाले ई –वाणिज्य वा डिजिटल उत्पादनहरुको उपभोक्तालाई मानिने बताए । त्यसका साथै डा. पोखरेलले डिजिटल उपभोक्ता अधिकारले मौलिक संरक्षण प्रदान गर्नुका साथै उपभोक्ता र विक्रेताबीच विश्वसनीय सम्बन्ध बनाउने तथ्य व्यक्त गरे । 

पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले डिजिटल उपभोक्ता अधिकार सम्बन्धि भरपर्दो कानून बनाउनु पर्ने मनसाय व्यक्त गरे । सोही कार्यक्रममा डा. जिवराज पोखरेलले दक्षिण कोरियाले डिजिटल प्रविधिको कारणल औधोगिक विकास भएको तर नेपाल भने यस पक्षमा पछि परेको चिन्ता व्यक्त गरे । 

यसैगरी डा. नवराज खतिवडाले आजको दुनियामा प्रविधिको तीव्र विकास भएको तर आवश्यक खोज तथा अनुसन्धान पर्याप्त नभएको बताए ।

 सोही कार्यक्रममा दिपेन्द« क्षेत्रीले विद्युतीय उपकरण चलाउदा सावधानीपूर्वक चलाउनुपर्ने र यसलाई नियन्त्रीत रुपमा चलाउनुपर्ने बताए । कार्यक्रममा अतिथि मन्तव्य समापन पछि सहभागी र अतिथि बीचमा अन्तरक्रिया भएको थियो । 

काठमाडौं विश्वविध्यालयका सहप्राध्यापक डा. गजेन्द« शर्माले अमेरिका, केन्या, अस्ट्रेलिया जस्ता राष्ट्रहरुमा प्रविधि मैत्री कानून बनेता पनि नेपालमा अझै बनाउन नसकेको असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा पूर्व मन्त्री गणेश शाहले यो युग प्रविधिको युग भएकाले यसको सदुपयोग गर्नु तर दुरुपयोग नगर्नु भन्ने सन्देश दिएर कार्यक्रमको समापन भएको थियो ।


Views: 54