16th December | 2018 | Sunday | 11:07:21 AM

शौचालय सफाइ साझा दायित्व

पार्वती थापामगर   POSTED ON : Tuesday, 20 November, 2018 (2:46:46 PM)

शौचालय सफाइ साझा दायित्व

काठमाडौं । सोमबार नोभेम्बर १९, विश्व शौचालय दिवस । यस अवसरमा शौचालयको महŒव र स्वास्थ्यका बारेमा नेपालमा पनि चर्चा भयो ।‘दिसापिसाब लामो समयसम्म रोक्नु र फोहोर शौचालयमा शौच गर्नु अभिशाप हो,’ सरसफाइ विज्ञहरू सुझाउँछन्, ‘यी कुरा थाहा पाउँदा पाउँदै पनि कसैले सार्वजनिक शौचालय प्रयोग गरेपछि सफा गर्ने साहस जुटाउँदैन ।’ अहिले नेपाल सरकार खुला दिसामुक्त क्षेत्र घोषणामा लागेको छ । खुला ठाउँमा दिसापिसाबले झाडापखाला जस्ता धेरै स्वास्थ्य यसलाई आम नागरिकले आफ्नो दायित्व नसम्झिँदा समस्या भने करिब उस्तै छ । राज्यले बनाएका शौचालय नागरिकबाटै फोहोर हुने गर्छ । सार्वजनिक शौचालयहरू दुर्गन्धित र अव्यवस्थित छन् । 

सरसफाइ विज्ञहरूका अनुसार सार्वजनिक शौचालय सफासुग्घर राख्नु सर्वसाधारणको पनि दायित्व बन्छ । तर, सर्वसाधारणले यस्तो दायित्वमा ध्यान दिँदैनन् । सार्वजनिक शौचालय प्रयोग गरेर पानीसमेत नहाल्ने बानीले शौचालय कहिल्यै पनि सफा हुँदैन । यस वर्ष ‘चर्पी हाम्रो प्राकृतिक आवश्यकता’ भन्ने नाराका साथ विश्व शौचालय दिवस मनाउँदै मनाइयो । सोमबार राजधानीमा पनि खानेपानी तथा ढल निकास विभागले एक छलफल कार्यक्रम आयोजना ग¥यो । 

शौचालय प्रयोगबाट ५ वर्षमुनिका एकतिहाइ बालबालिकालाई झाडापखालाबाट हुने मुत्युबाट बचाउन सकिने तथ्यांक छ । शौचालय प्रयोगपछि ‘साबुनपानीले मिचिमिची हात धुनुपर्छ’ भन्ने नारा पनि वर्षाैंदेखि अभियानकै रूपमा चल्दै आएको छ । यसलाई निरन्तरता दिन सके ५ वर्षमुनिका आधाभन्दा बढी बालबालिकालाई झाडापखालाबाट बचाउन सकिने छ । 

नेपालमा निकै छोटो अवधिमै चर्पी निर्माणमा उल्लेख्य प्रगति भएको भए पनि अझै पनि तराई क्षेत्रमा खुला ठाउँमा दिसापिसाब गर्ने चलन रहेको खानेपानी तथा सरसफाइ विज्ञ सिद्धि श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले निकै उपलब्धि हासिल भएको छ । विगत वर्षहरूमा जथाभाबी खुला ठाउँमा दिसापिसाब गर्ने चलन खुला दिसामुक्त क्षेत्र घोषणा अभियानबाट अन्त्य हुँदै गइरहेको छ । अझै ३.५ प्रतिशत जनसंख्याले खुला ठाउँमा दिसापिसाब गर्ने गरेको तथ्यांक छ । 

खानेपानी तथा सरसफाइ महासंघका कार्यक्रम प्रबन्धक कृष्णबहादुर खड्काले हरेक सार्वजनिक स्थलमा शौचालय हुनुपर्ने बताए । उनका अनुसार पेट्रोल पम्प, विद्यालय, अस्पताल, पार्किङ स्थल, एयरपोर्ट, मार्केटिङ क्षेत्रलगायत ठाउँमा शौचालयको अभाव छ । यस क्षेत्रमा पनि सरकारको ध्यान जानुपर्छ । शौचालय भए पनि सरसफाइ र मर्मत सम्भार हुन नसक्दा पनि अनेक समस्याहरू आएका छन् । 


Views: 46