16th December | 2018 | Sunday | 10:50:03 AM

योगीको गुरुकुल मोह

  POSTED ON : Tuesday, 20 November, 2018 (8:27:24 PM)

योगीको गुरुकुल मोह

 काठमाडौं । सोलुखुम्बुमा अवस्थित गौरीटाप धार्मिक पीठको संरक्षण गर्दै आएका लौरेश्वर बाबा धार्मिक तथा सांस्कृतिक सस्कारलाई जोगाउनुपर्छ भन्दै पछिल्लो समय गुरुकुल स्थापनार्थ लागिपरेका छन् । 

केही दिनअघि काठमाडौंको उत्तरबाहिनी गुरुकुलको अध्ययन र अवलोकनसँगै देशभरका कुरुकुलको अध्ययनमा निस्केका बाबाले यही २ र ३ गते देवघाटमा अवस्थित गुरुकुलको अध्ययन गरेका थिए । यो क्रमसँगै देशभरका गुरुकुलको अध्ययन गर्ने जनाकारी उनले दिए । 

हाल शिक्षामन्त्रालयको स्वीकृति लिएर देशभर नगन्यमत्र गुरुकुल सञ्चालन रहेपनि गुठी वा अन्य संघसंस्थाका आडमा अनौपचारिक रुपमा करिब २००को हाराधारीमा सञ्चालनमा रहेका बाबाले जानकारी दिए । प्रदेश नं. १ कै सुन्दर धार्मिक पीठ तथा तपोभूमिको संरक्षण र सम्बद्र्धन गर्न प्रमुख दायित्व निर्वाह गरेका बाबा केही समयअघि भारतको उज्जयनमा भएको अन्तर्राष्ट्रिय गुरुकुल सम्मेलनमा सोलुखुम्बु, ओखलढुंगा र खोटाङको प्रतिनिधित्व गर्दै सहभागी भएका थिए । हाल नेचासल्यान गाउँपालिका–२ स्थित सञ्चालनमा रहेको गुरुकुल यिनैले संरक्षण तथा संबद्र्धन गरेको धार्मिक पीठ तथा तपोभूमिको नाम (गौरीटाप गुरुकुल) बाट सञ्चालन हुँदै आएको छ । 


Views: 85