16th December | 2018 | Sunday | 11:15:49 AM

कुण्डली हेरेर संकलित रकम समाजसेवामा

हिमालय टाइम्स   POSTED ON : Wednesday, 21 November, 2018 (9:59:41 AM)

कुण्डली हेरेर संकलित रकम समाजसेवामा

 काठमाडौं । ज्योतिष विद्यामा प्रसिद्धि कमाएका सन्तोष बाशिष्ठ (उदयनारायण भट्टराई)ले आफूले ज्योतिषबाट आर्जन गरेको पारिश्रमिक मध्ये एक लाख रुपैयाँ झापाको अर्जुनधारा स्थित श्रीहरि प्रतिष्ठानलाई सहयोग गरेका छन् ।

श्रीहरि प्रतिष्ठानले उक्त रकम गरिब परिवारका बालबालिकाको शिक्षाका निम्ति सहयोग पुरÞ्याउने बुझिएको छ ।

हामी हरेकले आर्जन गरेको केही प्रतिशत रकम समाजसेवामा समर्पण गर्न सके देशमा भोको नाङ्गो र दरिद्र कसैले हुनु नपर्ने बाशिष्ठको भनाइ छ । उनले भने, ‘धर्म भनेकै समर्पण हो, आततायी आत्मा तथा गरीब–दुखी माथि दया गर्न सके त्यो नै परोपकार हो ।’ यसरी नै आफ्नो आर्जनको केही भाग रकम गरीब दिनदुखीलाई समर्पण गर्न सके आफू सदैव खुशी रहने उनको भनाइ थियो ।

जापान बसोबास गर्दै आएका व्यवसायी महेशकुमार श्रेष्ठ र शर्मिला श्रेष्ठको आग्रहमा गत साता टोकियो पुगेका ज्योतिष बाशिष्ठले त्यहाँ कुण्डली हेरे वापत संकलित रकम उक्त प्रतिष्ठानलाई दिएका हुन् ।

सन्तोष बाशिष्ठ ज्योतिषशास्त्रमा गहिरो अध्ययन–अनुसन्धानका कारण विश्वमै ख्याति आर्जन गर्न सफल ज्योतिषी मानिन्छन् । 

बाशिष्ठ  ‘बेस्ट आस्ट्रोलजर अफ एसिया– २०१७ इन्डोनेसिया, बोनाफाइड आस्ट्रोलोजर अफ नेपाल श्रीलङ्का, ग्लोबल अचिभर्स अवार्ड भारतलगायतबाट सम्मानित भइसकेका छन् । 

Views: 61