19th December | 2018 | Wednesday | 12:46:25 AM

निर्मला हत्याकाण्ड : शंकाको घेरामा रहेको भन्दै काठमाडौंबाट एक युवक पक्राउ

हिमालय टाइम्स   POSTED ON : Wednesday, 05 December, 2018 (8:44:53 PM)

निर्मला हत्याकाण्ड  : शंकाको घेरामा रहेको भन्दै काठमाडौंबाट एक युवक पक्राउ

 काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संग्लनताको शंकाको घेरामा रहेको भन्दै काठमाडौंबाट एकजना युवक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कञ्चनपुरकै २२ वर्षीय एक युवकलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।  गत साउन ११ गते उखुबारीमा निर्मला मृत अवस्थामा फेला परेको दिन उनी कञ्चनपुरमै रहेको र त्यसपछि ती युवक कञ्चनपुरमा नदेखिएको स्रोत बताउँछ ।

पक्राउ परेका युवकको भूमिका शंकास्पद देखिएको र उनी यसअघि पनि अपराधिक गतिविधिमा संलग्न रहेको पाइएको बताइएको छ ।

पक्राउ पर्ने युवकको नाम गोप्य राखिएको छ । उनको परिवारका सदस्यले ती युवा भारत गएको बताएका थिए । तर उनी मंगलबार साँझ काठमाडौंबाट पक्राउ परेका हुन् ।

उच्च स्रोतका अनुसार पक्राउ परेका युवकको डीएनए परीक्षणका लागि नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । उनको डीएनए रिपोर्ट नआएसम्म ती युवकलाई प्रहरी हिरासतमै राखिने बताइएको छ । 


Views: 80