19th December | 2018 | Wednesday | 12:33:45 AM

निर्मलालाई न्याय माग्ने राष्ट्रपति निवास अगाडिबाट पक्राउ

हिमालय टाइम्स   POSTED ON : Thursday, 06 December, 2018 (7:03:45 PM)

निर्मलालाई न्याय माग्ने राष्ट्रपति निवास अगाडिबाट पक्राउ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको चार महिनाभन्दा बढी भइसक्दा पनि वास्तविक दोषी पक्राउ पर्न सकेका छैनन् । 

राष्ट्रपति निवास शितल निवास अगाडि प्रदर्शन गरेको भन्दै केही दर्जन अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु शितल निवास अगाडिको सडकमा प्लेकार्डसहित प्रदर्शन गर्न भेला भएका थिए। अधिकांश प्रदर्शनकारीलाई प्रहरीले समातेर लगेको छ।

‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियानकर्ताहरुले प्रदर्शन गरेका थिए ।

अभियानकर्ता प्रितम सुवेदीका अनुसार प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ, भने १२ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महाराजगञ्ज प्रहरी वृत्तमा लगिएको बताइएको छ ।


Views: 45