19th December | 2018 | Wednesday | 1:20:28 AM

विद्यार्थी बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

भिम चौधरी   POSTED ON : Friday, 07 December, 2018 (8:00:42 PM)

विद्यार्थी बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

कैलाली । आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गर्ने शिक्षकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको जोशीपुर गाउँपालिका–६ स्थित रघुनाथ आदर्श उच्च माध्यमिक विद्यालयका शिक्षक नारायण प्रसाद चौधरीलाई सोही विद्यालको कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई बलात्कारको प्रयास गरेको भन्दै कैलाली प्रहरीले पक्राउ गरेको हो । 

पिडीत बालिकाले दिएको लिखित उजुरीपछि शिक्षक नारायण चौधरीलाई पक्राउ  गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरीबहादुर ओलीले जानकारी दिए । शिक्षक चौधरीले १८ गते राति घर पुगाईदिने भन्दै आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको भन्दै छात्राले उजुरी दर्ता गराएकी छिन् ।  

१८ गते बर्दियाको ठाकुरद्धारा वनभोज खाएर बौनिया पुगेपछि शिक्षक चौधरीले बर्दगोरिया गाउँपालिका–५, ठाकुरद्धारा पुगाईदिने भन्दै लगेर बाटोमा बलात्कारको प्रयास गरिएको छात्राले बताएकी छिन् ।

छात्राले आफ्ना साथीलाई शिक्षकले बलात्कारको प्रयास गरेको बताएपछि हिजो प्रहरीलाई मौखिक जानकारी गराईएको थियो । 

आज लिखित उजुरी परेपछि प्रहरीले शिक्षक नारायण प्रसाद चौधरीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताए ।


Views: 64