24th July | 2019 | Wednesday | 2:22:54 PM

सप्तरीमा आगलागीमा परी १३ घर जले- ४० लाख भन्दा बढीको क्षति

  POSTED ON : पुष १, २०७५ (१:३७ PM)

सप्तरीमा आगलागीमा परी १३ घर जले- ४० लाख भन्दा बढीको क्षति

राजविराज । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–७ वभनगामामा शुक्रवार साँझ भएको आगलागीमा १३ वटा घर जलेर नष्ट हुँदा अन्दाजी ४० लाख भन्दा बढीको क्षति भएको छ ।

स्थानीय विन्देश्वर साफीको घरवाट शुरु भएको आगलागिमा साफिको ३ वटा घर, एक लाख नगद र ४ थान पशु चौपाया जलेर नष्ट भएको पिडितले जनाएको छ । छोरा विदेशवाट घर वनाउन पठाएको पैसा समेत आगोमा खरानी भएको साफिले बताए ।

त्यस्तै स्थानीय सिकी साफिको दुईवटा, परसादी साफिको दुईवटा, प्रयाग साफिको दुईवटा, हनुमानि रजकको २ वटा मजाई साफिको एउटा, फुलिया देवी रजकको १ घर र छोटेलाल साफिको समेत एउटा घर जलेर नष्ट भएको वडा अध्यक्ष गुलाव प्रसाद सिंहले जानकारी गराए ।

आगलागिवाट झण्डै ४० लाख भन्दा वढीको क्षति भएको तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले जानकारी गराए । धान काट्न अधिकांश गाउँलेहरु खेतामा रहेको र साना वालबालिकाहरु मात्रै गाउँमा रहेका वेला एक्कासी आगलागी शुरु भएको थियो ।

आगलागीको कारण अझै खुल्न सकेको छैन । आगलागी भएकोबेला स्थानियहरु घरमा समेत नरहेका कारण घरमा रहेको लत्ताकपडा, खाद्यान, नगद तथा गरगहना लगायतका सामग्रीहरु समेत निकाल्न नसकिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुण यन्त्र, प्रहरी र स्थानियहरुको सहयोगमा झण्डै एक घण्टा पछि आगो नियन्त्रणमा आएको थियो ।


Views: 145