24th July | 2019 | Wednesday | 2:28:45 PM

विमान सेवा कटौतीले यात्रु समस्यामा

अनिल पोखरेल   POSTED ON : पुष १, २०७५ (१:४२ PM)

विमान सेवा कटौतीले यात्रु समस्यामा

राजविराज  । विमान स्थलमा श्री एयरलायन्स कम्पनीको विमानले निमित उडान शुरु गरेको ६ महिना नवित्दै विमान सेवा कटौती गरेपछि यात्रु समस्यामा परेका छन् । गत असार १० गते देखि श्री एयरलायन्सले साताको ६ दिन राजविराज काठमाण्डौ नियमित उडान भर्दै आईरहेको थियो ।

श्री एयरलायन्सको ५० सिट क्षमता भएको जेट विमानले सेवा शुरु गरेपछि यात्रुको चाप दिन प्रतिदिन बढी रहेको श्री एयरका राजविराज स्टेशन म्यानेजर सुरेश मल्लीकले वताए । ६ महिनामा राजविराजवाट १३ हजार ६ सय ३१ र काठमाण्डौवाट राजविराज ९ हजार ६७ जना यात्रुले यात्रा गरिसकेका छन् ।

विराटनगर र जनकपुर विमान स्थल भन्दा दुई गुणा बढी भाडा दर कायम गरिएपनि यात्रुको चाप दिन प्रतिदिन बढी नै रहेको तर विचैमा आएर विमान मेटेनेन्स रहेको भन्दै साताको तीन दिन मात्र उडान भर्न थालेपछि सर्वसाधारण समस्यामा मात्रै परेको छैन श्री एयरको राजविराज विमान स्थलमा एकाधिकार भएपछि विमान स्थलको भविष्यनै पुनः अन्यौलमा परेको स्थानियहरुको गुनासो छ । स्थानियहरु श्री एयरको यस एकाधिकारलाई अन्त्य गर्नुपर्ने माग समेत जोडसोडका साथ उठाउन थालेका छन् । 

अहिले इकनोमि क्लास रु ४ हजार, ब्रेभो क्लास ४ हजार ८ सय, इण्डियन क्लास ५ हजार ५ सय र होटल क्लास ६ हजार दुई सय कायम गरिएको छ जो विराटनगर र जनकपुरको तुलनामा अत्यधिक रहेको जानकारहरुको ठम्याई छ ।

राजविराज रनवेको माटो मुलुककै सर्वोत्कृष्ट रहेको र यस धावन मार्गमा २० हजार टन भन्दा वढी क्षमताका जेट उडान भर्न सकिन्छ । श्री एयरको वजन १९ हजार ५८ केजी मात्रै रहेको छ, यात्रु र समान सहित २५ हजार किलो हुने गर्दछन् । अहिले श्री एयरले सोमवार, बुधवार र शुक्रवार तीन दिन मात्र उडान भर्न थालेपछि यस विमान स्थलवाट काठमाण्डौ जाने र राजविराज आउने यस क्षेत्रका सर्वसाधारणलाई चर्को भाडा तिरेर विराटनगर र जनकपुर जान आउन परिरहेको छ ।

मंसिर १ देखिनै श्री एयरले विमान सेवा कटौती गरेको छ । राजविराज विमान स्थल सञ्चालनमा आएपछि सप्तरी, सिराहा, उदयपुर, ओखलढुंगा र भारतीय यात्रुहरु हवाई यात्रा गर्दै आएका छन् । विक्रम सम्बत २०१६ सालमा तत्कालिन यातायात मन्त्री गणेशमान सिंहले उदघाटन गरिएको यो विमान स्थलमा कहिले पनि नियमित उडान हुन सकेको थिएन । झन् ०५२ देखि ठप्प रहेको नियमित विमान सेवा गत असारवाट मात्रै शुरु भएको थियो ।

पछिल्लोपटक २०६५ सालदेखि यस विमानस्थलवाट विमान सेवा पुरै वन्द गरिएको थियो । विमानस्थल पुनः संचालनमा ल्याउन सरकारले ३० करोड ३० लाख ६४ हजार ५२८ रुपैयाँ खर्चेर १ हजार ५ सय मिटर लामो र ३० मिटर चौडा धावन मार्ग पक्कि निर्माण कार्य सम्पन्न गराएको थियो । यस्तै ९० मिटर लामो र ६० मिटर चौडा एप्रोन, ११० मिटर लामो तथा २० मिटर चौडा ट्याक्सि वे कालोपत्रे गर्ने कार्य पनि सम्पन्न भएपछि नियमित उडानको वाटो खुलेको हो । 


Views: 124