22nd January | 2019 | Tuesday | 10:00:20 AM

कर्मचारी समायोजन अध्यादेश समयसापेक्ष नभएको आरोप

  POSTED ON : Sunday, 16 December, 2018 (8:58:11 PM)

कर्मचारी समायोजन अध्यादेश समयसापेक्ष नभएको आरोप

खस्यौली । स्थानीय तहमा कार्यरत कर्मचारीले कर्मचारी समायोजन अध्यादेश २०७५ समयसापेक्ष नभएको आरोप लगाएका छन् । 

स्थानीय तहमा कार्यरत कर्मचारीले आज यहाँ पत्रकार सम्मेलन गरी स्थानीय सेवामा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न साविक स्थानीय निकायका कर्मचारीको समकक्षता निर्धारण हुनुपर्ने बताएका छन् । उनीहरुले ग्रेड, तह र स्तरवृद्धिसहित विभिन्न माग राख्दै सोमबार स्थानीय तहमा कामकाज ठप्प गरी धर्ना बस्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । 

“सरुवा व्यवस्थापन गर्न कठिनाइ देखिएको र कर्मचारी समायोजन अध्यादेशले हामीलाई विभेद गरेको छ,” बुटवल उपमहानगरपालिकामा कार्यरत सितुप्रसाद श्रेष्ठले भने । उनले आफ्ना मागको सुनुवाइ नभए थप आन्दोलनको घोषणा हुने जानकारी दिँदै विगतमा जनप्रनिनिधि नहँुदा साविकको स्थानीय निकायमा कर्मचारीले घरघरमा पुगेर सेवा प्रवाह गरेको विषयलाई सरकारले भुलेको बताए । बुटवलको स्थानीय तहमा २०५ कर्मचारी रहेको बताइएको छ । 


Views: 58